२१ जना जुवाडे ५ लाख बढी नगदसहित पक्राउ

काठमाडाैं | मंसिर ५, २०८१

२१ जना जुवाडे ५ लाख बढी नगदसहित पक्राउ

काठमाडौं:     प्रहरीले जुवा खेल्दै गरेका २१ जनालाई रु पाँच लाख ६२ हजार तीन सय ५० रकमसहित पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ लसुनडाँडास्थित सार्वजनिक स्थानमा बाजी थापी ओखरको माध्यमबाट जुवा खेली रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।    


पक्राउ पर्नेमा खोटाङ बाक्सिला–२ घर भई काठमाडौं बुढानिलकण्ठ–११ बस्ने ४० वर्षीय मनिराज अधिकारी, ओखलढुङ्गा सुनकोशी गाउँपालिका–३ बस्ने ७८ वर्षीय नृपलाल बराल, सिन्धुपाल्चोक ईन्द्रावती–५ घर भई हाल गोकर्णेश्वर बस्ने ५० वर्षीया कुमारी तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध–४ का २८ वर्षीय अनुषा लामा छन् । साथै बुढानिलकण्ठ–११ का ३५ वर्षीय सन्तोष गुरुङ, सोही ठाउँका ३१ वर्षीय उज्वल तामाङ, काभ्रेपलाञ्चोक खानिखोला–४ बस्ने ३६ वर्षीय चेतकुमार थोकर, सिन्धुपाल्चोक हेलम्बु–३ का ५० वर्षीय ईन्द्रबहादुर गिरी रहेको प्रहरीले जनाएको छ । 

    
त्यसैगरी काभ्रेपलाञ्चोक पनौती–१२ का ४० वर्षीय शेर्पा लामा, नुवाकोट तादी–४ घर भई तारकेश्वर नगरपालिका बस्ने २६ वर्षीय सुवास आचार्य रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

    
यसैगरी सिन्धुपाल्चोक ईन्द्रावती–६ घर ३६ वर्षीय रमेश तामाङ, बुढानिलकण्ठ–११ का २५ वर्षीय अनन्त खड्का, सोही ठाउँका ३७ वर्षीय नन्दन थापा, ६८ वर्षीय चन्द्र धिताल, ६५ वर्षीय भोजबहादुर थापा, ओखलढुङा खिजिदेम्बा–५ का ४३ वर्षीय लालकाजी बिक, सिन्धुपाल्चोक मेलम्ची–४ का ४३ वर्षीय प्रदीप तामाङ, दोलखा शैलुङ–८ का ३५ वर्षीय रोशन तामाङ, प्युठान मल्लरानी–५ का ३८ वर्षीय वीरबहादुर पुन, बुढानिलकण्ठ–११ लसुनडाँडा बस्ने ३० वर्षीय रन्जित थापा मगर तथा बुढानिलकण्ठ–११ कपन बस्ने २० वर्षीय प्रशान्त लामा रहेका छन् ।


उनीहरुलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरअन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्धमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्